२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुर प्रहरीद्वारा गोरुसहित दुईवटा ट्रक नियन्त्रणमा

२०८१ बैशाख २०, बिहिबार प्रकाशित ( महिना अघि) १५४६ पाठक संख्या

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका – २ स्थित पुलको मुखबाट प्रहरीले ४३ वटा गोरुसहित दुई वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

बुटवल-नारायणघाट सडकखण्डमा खटिएको प्रहरी चेकिङ टोलीले कालीगण्डकी करिडोरको बाटो हुँदै गैँडाकोटतर्फ आउँदै गरेको ना ६ ख ६९७ र ना ६ ख २७४९ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ना ६ ख ६९७ नम्बरको ट्रकबाट २१ वटा र ना ६ ख २७४९ नम्बरको ट्रकबाट २२ वटा गोरु बरामद गरि नियन्त्रणमा लिइएको नवलपुर प्रहरी निरीक्षक कमल परियारले जानकारी दिनुभयो ।

उक्त गोरुसहितको ट्रकको सुचना दिने पत्रकारहरुलाई  प्रहरी निरीक्षक परियारले धन्यवादसमेत दिएको छ । नियन्त्रणमा लिएको गोरुलाई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन सेन्टर रामनगर चितवन पठाइएको प्रहरी निरीक्षक परियारले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%४%४%२%

प्रतिक्रिया दिनुहोस