२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते

२०८१ बैशाख १७, सोमबार प्रकाशित ( हफ्ता अघि) १६५७ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिका–५ बाघखोरको सामुदायिक वनमा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बाघखोर निवासी ३० बर्षीय यम नारायण महतो रहेको प्रहरीको भनाइ छ ।

सोमबार दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा महतोलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

घाइते महतोको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि पठाइएको थियोे । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको मध्यविन्दु जिल्ला अस्पतालले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%१%२%१%२९%१%

प्रतिक्रिया दिनुहोस