२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

२०८१ बैशाख १६, आईतबार प्रकाशित ( हफ्ता अघि) १००१ पाठक संख्या

कावासोती । पश्चिम नवलपरासीको भूमहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने अर्को एक जना घाइते भएका छन् ।

सुनवल नगरपालिका वडा नम्बर–१२ स्थित भूमही चोकमा भारतीय नम्बरको यूपी ५५ बीटी २५४६ नम्बरको ट्रकले लु २६ प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहोराका अनुसार स्कुटरमा सवार सुनवल १३ का ५५ वर्षीय कर्णबहादुर गुरुङ र स्थानीय ३७ वर्षीय कमला घर्ती मगर घाइते भएका थिए ।

घाइतेमध्ये कमला घर्ती मगरको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा रहेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस