२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आगलागीबाट घरगोठ जल्यो

२०८१ बैशाख १६, आईतबार प्रकाशित ( हफ्ता अघि) ६२५ पाठक संख्या

कावासोती । नवलपुरमा आगलागी हुँदा घर गोठ जलेर पूर्ण रुपमा क्षति भएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनीस्थित वडा कार्यालयनजिक गएराति एक घर र गोठमा आगलागीमा जलेरको छ ।

वडाध्यक्ष शिवकान्त तिवारीका अनुसार आगलागीबाट स्थानीय तुलबहादुर डिस्वाको घर र गोठ जलेर पूर्णरूपमा नष्ट भएको हो ।

तिवारीका अनुसार सबैले चाडै तदारुकता देखाएर आगो नियन्त्रणमा लिइएका कारण सिंगै गाउँमा आगो फैलिनबाट जोगाएको बताए । गएराति करिब सवा २ बजेको समयमा भीषण आगो लागेको थियो ।

स्थानीय , प्रहरी र दमकलको सहयोगले अहिले बिहान साढे ५ बजे आगो निभाउन सफल भएका थिए । आगलागीबाट सुनारीको काठको दुई तले घर र सम्पूर्ण सामग्री जलेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%१%

प्रतिक्रिया दिनुहोस