२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

२०८० चैत्र २७, मंगलबार प्रकाशित ( हफ्ता अघि) ४२३ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नम्बर १० रतवल बस्ने ९० वर्षिय जगरीमाया महतो रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो १ बजे कृष्णसार मध्यवती सामुदायिक वनमा भेँडा चराउने क्रममा उनलाई गैंडाले आक्रमण गरेको हो ।

गैँडाले आक्रमण गरेर घाइते भएकी जगरीमायाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको थियो ।  उनको उपचारको क्रममा १:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस