२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा विषादी र डिजेल सेवन गर्दा २ जना नाबालक बिरामी

२०८० चैत्र २६, सोमबार प्रकाशित ( हफ्ता अघि) १७६ पाठक संख्या

कावासोती । नवलपुरमा एकजना बालकले डिजेल सेवन गर्दा गम्भीर बिरामी भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका ४ सिद्रेमा करिब ३ बर्षको बालकले डिजेल सेवन गर्दा गम्भीर विरामी भएका हुन् ।

सिद्रेका मनकुमारी सोमैका ३२ महिनाको छोरा सलुन सोमैले घरमा खेल्ने क्रममा डिजेल सेवन गरेको प्रहरीले जनाएको छ । विरामी बालकको मध्यविन्दु जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि भरतपुर पठाइएको छ ।

त्यसैगरी कावासोती ३ अठ्ठाइस विगाहामा १३ महिने मनिष सुनार घरमा खेल्ने क्रममा धानमा प्रयोग गर्ने विषादी सेवन गर्दा विरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बिरामी परेका दुवै बालकको नयाँ मेडिकल कलेज भरतपुर ल्याई उपचार भईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस