२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

भारतसँगको सिमानाका त्रिवेणीमा बीओपी निर्माण हुने

२०८० चैत्र २१, बुधबार प्रकाशित ( हफ्ता अघि) १८६ पाठक संख्या

नारायण शर्मा

नवलपुर  । भारतसँगको सिमाना त्रिवेणीमा बोर्डर आउट पोस्ट ( बीओपी )  निर्माण हुने भएको छ । बिनयी त्रिवेणी गाउँपालिका –  ७ स्थित गाईड बाँघनजिक बिओपी भवन निर्माण गरिने भएको हो । गण्डकी प्रदेश सरकारले गत बजेटमा बिनियोजन गरेको ३० लाख रकमको लागतमा निर्माण हुन लागेको हो ।

सरकारले त्रिवेणी नाकालाई मूल भन्सार कार्यालयमा स्तरोन्नती गर्ने निर्णय गरेको ५ वर्षपछि बल्ल बीओपी निर्माणको काम अघि बढेको हो ।

वडा नम्बर ७ का वडा अध्यक्ष उमेश कार्किका अनुसार बीओपीकालागि त्रिवेणी गण्डक ब्यारेजदेखि पूर्व उत्तर तर्फको गाइडबाँधमा ३ बिघा सार्वजनिक जग्गा माग गरिएको हो । त्यसै जग्गामा यो भवन निर्माण गरिने छ ।

सार्वजनिक जग्गालाई प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले निर्णय गरेर भन्सारका लागि आवश्यक पूर्वाधार कार्यालय बनाउन लागेको हो ।

गण्डकी प्रदेशको चीनसँग जोडिएको उत्तरी नाका मुस्ताङमा पनि यसैवर्ष बीओपी निर्माण हुने भएको छ । गण्डकी प्रदेशसँग सिमाना जोडिएका भारत र चीनका दुवै नाकामा भन्सारका लागि आवश्यक पर्ने बीओपी निर्माण कार्य अघि बढेसँगै यहाँ मूल भन्सारमा स्तरोन्नती गरिने कार्य अघि बढेको हो ।

त्रिवेणीदेखि दक्षिणमा रहेको भारतको बिहारस्थित बाल्मीकी नगरमा भारतले अत्याधुनिक सुविधासम्पन्न भन्सार कार्यालय गत वर्ष नै निर्माण सम्पन्न गरिसकेको छ । नेपालतर्फ भन्सार कार्यालय व्यवस्थापन र न्यूनतम पूर्वाधारका संरचना नबनेका कारण त्रिवेणी भन्सार सामान्य भन्सारका रुपमा मात्र सञ्चालनमा छ । ३१ जनाको दरबन्दी रहेको त्रिवेणी भन्सारमा आवस्यक पर्ने न्यूनतम पूर्वाधारका कार्यालय नहुँदा हाल ६ कर्मचारीले भन्सार धानेका छन्।

पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले त्यहाँ सशस्त्र प्रहरीको भवन बनाउन जग्गा प्राप्तिका लागि नापीका कर्मचारीले काम गरिसकेको जानकारी दिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस