२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

गण्डकीका मुख्यमन्त्रीले आज राजिनामा दिने

२०८० चैत्र २०, मंगलबार प्रकाशित ( हफ्ता अघि) २९५ पाठक संख्या

नारायण शर्मा

कावासोेती । गण्डकी प्रदेश सरकारमा माओवादी पार्टीले दिएको सर्मथन फिर्ता लिएपछि अल्पमतमा परेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डले आज दिउसो राजिनामा दिने भएका छन ।

त्यसै प्रयोजनकालागि मुख्यमन्त्री पाण्डले आज दिउसो ३ बजे निजि निवासमा कांग्रेस संसदिय दलको बैठक डाकेका छन ।

मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापाकोटाले दिएको जानकारी अनुसार मुख्यमन्त्रीले आज दिउसो ३ बजे निजि निवासमा कांग्रेस संसदिय दलका सदस्यहरुसंग छलफल गर्ने कार्यक्रम तय भएको छ त्यसपछि राजिनामा दिन सक्नु हुन्छ सापकोटाले भने कुनै प्राबिधिक कारणले आज दिन नसके भोलि राजिनामा दिनु हुन्छ ।

गण्डकी प्रदेशमा ६० जना सदस्य रहेका छन । त्यसमध्ये २७ जना सहित कांग्रेस सबै भन्दा ठुलो दल हो । कांग्रेसलाई मनांगका स्वतन्त्र सासद राजिव गुरुंगले सर्मथन गर्ने प्रतिवद्धता जनाएका कारण उनलाई भौतिक पुर्वाधार मन्त्रालयमा अघिल्लो साता नियुक्ति गरेका छन ।

गुरुंग बाहेक राप्रपाका २ जना सांसद रहेका छन । उनिहरुको सर्मथन पाउने आशा मुख्यमन्त्रीले लिएका छन । अघिल्लो साता काठमाण्डौ गएका पाण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर गण्डकीमा राप्रपाको सर्मथन जुटाइदिन आग्रह गरेका थिए ।

उता गोर्खावाट प्रिितनिधित्व गर्ने डा बाबुराम भटराईको नेपाल समाजवादी पार्टीका फणिन्द्र देबकोटाले सर्मथ गर्ने चर्चा रहेको स्रोतको दावी छ । माओवादी केन्द्रको चुनावचिन्हवाट निर्वाचित देबकोटाले आफु समाजवादी पार्टीकै रहेको बताउने गरेका छन । केन्द्रमा माओवादी नेतृत्वको सरकारसंग चिढिएका बाबुराम भटराईका निकटस्थ हुन देबकोटा । यी सबैको सर्मथन पाएमा पुन पाण्डे नै मुख्यमन्त्री नियुक्ती हुन सक्ने अबस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस