२०८२ बैशाख २२, सोमबार
नयाँ
पछिला अपडेट

स्कार्पियो दुर्घटना: नवलपुरका एकजनाको मृत्यु

२०८० चैत्र १७, शनिबार प्रकाशित ( साल अघि) ११२९ पाठक संख्या

कावासोती । गोरखामा स्कार्पियो जीव दुर्घटना हुँदा नवलपुरका एकजनाको मृत्यु भएको छ ।

गोरखाको सहिद लखन गाउँपालिका–३, घोर्लेस्वाँरामा शनिबार दिउँसो स्कारपियो जीप दुर्घटना हुँदा मृत्यु भएको हो ।

नवलपुरबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग १ च ७६१९ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परी जीपमा सवार नवलपुरको विनयत्रिवेणी गाउँपालिका–४ का ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस