२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

गैँडाकोटबाट ७२ बर्षिय बृद्ध चार दिनदेखि बेपत्ता

२०८० चैत्र १६, शुक्रबार प्रकाशित ( हफ्ता अघि) ११७ पाठक संख्या

गैंडाकोट । नवलपुरको गैँडाकोटबाट एक बृद्ध बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका वडा नं १४ अमरापूरी स्थित भेलनटाडी घर भएका ७२ वर्षीय धनपती कंडेल चारदिन देखि बेपत्ता भएका हुन् ।

चैत १३ गते विहान ५ वजे घरबाट हिडेका कंडेल हालसम्म घर फर्केका छैनन । छोरा अजित कंडेलले चारदिनदेखि बुबाको खोजिकार्य भैरहेको भएपनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको जानकारी दिए ।

हराएका धनपतीको खोजीको माग गर्दै परिवारले इलाका प्रहरी कार्यालय गैँडाकोटमा निवेदन दिएका छन् । प्रहरी खोजिकार्य भैरहेको जनाएको छ । वृद्ध धनपतीका पाँचजना छोरा र तीनजना छोरीहरु छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस