२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मौरीको टोकाइबाट ८ जना विद्यार्थी घाइते 

२०८० चैत्र १३, मंगलबार प्रकाशित ( महिना अघि) ७७४ पाठक संख्या

कावासोती । नवलपपुरमा मौरीको टोकाइबाट ८ जना विद्यार्थी घाइते भएका छन् ।

कावासोती नगरपालिका वडा नम्बर १६ डण्डामा रहेको जनता माविमा अध्ययनरत ८ जना विद्यार्थीलाई आज बिहानको समयमा मौरीले टोकेको हो ।

मौरीको टोकाइबाट कावासोती १६  निवासी ७ वर्षीया मनकुमारी परियार , १० वर्षीय अर्चन पौडेल  , १० वर्षकी रोजिना बोहोरा र ११ वर्षकी  समन परियार  रहेका छन् ।

यस्तै  कावासोती १४ निवासी  ९ वर्षीय रञ्जित थापा मगर , ११ वर्षकी चनमती मास्की मगर रहेका छन् भने , मध्यबिन्दु  १ सेतापानी बस्ने ९ वर्षीय विष्णु खनाल , र  १० वर्षीय सौरभ पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरीनायब उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

उनीहरू सबै २, ३ र ४ कक्षामा पढ्दै गरेका स-साना विद्यार्थी हुन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुलनजिक रहेको घारबाट निस्केका मौरीले टोकेको प्रहरीको भनाइ छ । सबै घाइतेको अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%४%

प्रतिक्रिया दिनुहोस