२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अटो दुर्घटना हुँदा १ जनाको निधन, दुई घाइते

२०८० चैत्र ७, बुधबार प्रकाशित ( महिना अघि) ६५४५ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दुमा अटो दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने दुईजना घाइते भएका छन्।

मध्यविन्दु – ११ कोटथर गरगरे स्थित भित्री सडक खण्ड दमारबाट अरुणखोला तर्फ आँउदै गरेको ग.प्र.०४-००१ ह ००४ नम्वरको अटो आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको हो।

दुर्घटना हुँदा मृत्यु हुनेमा मध्यबिन्दु – १२ निवासी अन्दाजी ६५ वर्षीय भुपलाल अर्यालको ३:४५ बजे पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा निधन भएको डिएसपी बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

डिएसपी पौडेलका अनुसार मध्यबिन्दु – १० बस्ने बर्ष ७६ की टिका देवी काफ्ले र मध्यविन्दु –  १२ बस्ने बर्ष ७० का तोयनाथ पोख्रेल घाइते भएका छन् । घाइते दुईजनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । निधन भएका भुपलाल अर्यालय एमाले नवलपुरका जिल्ला कमिटी सदस्य हुन् । उनी नयाँ बेलहानी गाविसका पुर्व गाविस अध्यक्ष समेत हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%३%३%७७%५%

प्रतिक्रिया दिनुहोस