२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

दुर्गम धौवादी डाँडा क्षेत्रमा विद्युत विस्तार

२०८० चैत्र ५, सोमबार प्रकाशित ( महिना अघि) ४१२ पाठक संख्या

नारायण शर्मा

पूर्वी नवलपरासी —विद्युत सवस्टेशन निर्माण सम्पन्न भएको डेढ वर्षपछि दुर्गम धौवादी डाँडामा राष्ट्रिय प्रशारण  लाइनको विद्युत पहिलो पटक बितरण गरिएको छ ।

बुलिंटार गाउँपालिका ४ बोझा पोखरीमा निर्माण सम्पन्न भएको सवस्टेशनमा राष्ट्रिय विद्युतीिकरणको बिजुली जोडिएपछि त्यसैसंगै रहेको धौवादी गाउँमा विद्युतीिकरण भएको हो ।

ती क्षेत्रमा यसअघि त्यहीँ उत्पादित स्थानीय लघुजलविद्युत आयोजनाको बिजुली बालिँदै आएको थियो । लघु जलविद्युतबाट उत्पादित बिजुली रातिमात्र बितरण हुन्थ्यो । अब कुटानी पिसानी र उद्योग खोल्न समेत सहयोग भएको छ,स्थानीय रणबहादुर गाहामगरले भने, विद्युत लाइन तानिएको करिब ४ वर्षपछि दुर्गम पहाडी भेगमा विद्युत पुगेपछि स्थानीय खुसी भएका छन् ।

 

हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले पहिलो पटक यहाँको ४, ५ र ६ नम्बर वडामा राष्ट्रिय प्रशारणको लाइन पुगेको सुनाइन् । उनले उज्याले हुप्सेकोट अभियान अन्तर्गत प्रदेश सरकारको १६ करोड लगानीमा पालिकाको दुर्गम सबै गाउँमा विद्युतीकरण गरिएको सुनाइन् ।

गाउँपालिकाले विद्युतीकरणलाई पहिलो प्राथामिकतामा राखेर काम गरेको उनले जानकारी दिइन् । सोमबार गाउँपालिका अध्यक्ष पाण्डले विद्युतीकरणको उद्धघाटन गरेकी हुन् ।

यहाको बोझा पोखरीमा निर्माण थालेको ८ वर्षपछि विद्युत सवस्टेशनको निर्माण कार्य सम्पन्न भएको हो । सुरु सम्झौतामा ३ वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएपनि ठेकेदारको लापरवाहि र प्राधिकरणले चासो नदिएका कारण काममा ढिलाई भएको हो ।

राष्ट्रिय प्रशारणको लाइन जोडिएपछि दुर्गम बुलिंटार, हुप्सेकोट र बौदीकालिका करिब ९ हजार घरमा बिजुली पुगेको छ । अहिले विद्युतीकरण भएको स्थान धौवादी फलामखानी रहेको क्षेत्र पनि हो । विद्युतीकरण भएको क्षेत्रमा पक्की सडक संजाल निर्माणको काम कछुवा गतिमा अघि बढेको छ ।

कावासोती कुम्सोत धौवादी सडक निर्माणथालेको ३५ वर्ष भइसक्दा पनि सडक निर्माणको काम अझै छिचोलिएको छैन । त्यहा ०४५ सालबाट सडक निर्माणको काम सुरु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस