२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा टिप्पर दुर्घटनामा चालक महतोको मृत्यु

२०८० चैत्र ४, आईतबार प्रकाशित ( महिना अघि) ९८५ पाठक संख्या

कावासोती । नवलपुरको विनय त्रिवेणी गाउँपालिकामा टिप्पर पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो विनयी त्रिवेणी गाउँपालिका– ३ सालघारीमा टिपर पल्टिँदा चालकको घटना स्थलै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सालघासीको भित्री सडकखण्डमा पाल्पाबाट होङसी सिमेन्ट कम्पनीको चुनढुंगा लोड गरी आउँदै गरेको लु.१ क ५२८१ नम्बरको टिपर चालक गैँडाकोट नगरपालिका– १३ बेल्डिहा बस्ने २७ वर्षीय बलिराम महतो टिपरमा च्यापिएर स्थलमानै मृत्यु भएको छ ।

खबर पाउना साथ दुर्घटना स्थलमा उनको उद्धारका लागि जिसिबीसहित इलाका प्रहरी कार्यालय र प्रहरी चौकी सर्दीको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१४%

प्रतिक्रिया दिनुहोस