२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेश फुटबल संघले पायो आधिकारिक मान्यता, सदस्य सचिव शर्माद्वारा खुसी व्यक्त

२०८० चैत्र १, बिहिबार प्रकाशित ( महिना अघि) १७९ पाठक संख्या

पोखरा । गण्डकी प्रदेश फुटबल संघले प्रदेश खेलकुद परिषद् गण्डकीमा आधिकारिक मान्यता पाएको छ ।

प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार प्रदेश खेलकुद परिषद् गण्डकीमा दर्ता भए पछि संघले मान्यता पाएको हो । गत जेठमा गोरखामा सम्पन्न भेलाले दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यसमिति गठन गरेको भए पनि संघ नौ महिना ढिलो दर्ता भएको हो ।

प्रदेश खेलकुद परिषद गण्डकीमा दर्ता गरिएको कार्यसमिति १३ सदस्यिय छ भने रिक्त एक कार्यसमिति सदस्यमा परिषदले मनोनयन गर्नेछ । संघको उपाध्यक्षद्वयमा तारा बहादुर गुरुङ र जयराज भण्डारी,  महासचिवमा विनोद गुरुङ, कोषाध्यक्षमा डिलकुमारी घिमिरे, सहमहासचिवमा सुमन गुरुङ र सदस्यहरुमा सन्दिप पन्थी, निपेन्द्र श्रेष्ठ, कुशुमराज बराल, भिजन श्रेष्ठ, थम बहादुर गुरुङ, अमृत भण्डारी र विष्णुप्रसाद न्यौपाने रहेका छन् ।

प्रदेश फुटबल संघ परिषद्मा दर्ता भए पछि सदस्य सचिव शर्माले खुसी व्यक्त गरेका छन् । उनले भने ‘राष्ट्रिय खेलकुद ऐनमा कुनै पनि केन्द्रिय खेलकुद संघले आधिकारिकता पाउन चार वटा प्रदेशमा अनिवार्य दर्ता हुनपर्ने प्रावधान छ । ‘हामी खुसी छौं । प्रदेश फुटबल संघ दर्ता भएको परिषद्मा भएको छ । यसले प्रदेशको फुटबलको विकासका लागि परिषद्सँग सहकार्य गर्न सहज हुने छ,’ सात प्रदेश मध्ये गण्डकी प्रदेश फुटबल संघ प्रदेश खेलकुद परिषद्मा दर्ता हुने पहिलो फुटबल संघ हो ।’

फागुन २१ गते बसेको परिषद्को कार्यकारी समितिको बैठक तथा ११ वटै जिल्लाका अध्यक्ष र जिल्लाका कार्यालय प्रमुखहरुका समिक्षा गोष्ठिबाट जिल्ला खेलकुद विकास समिति अन्तर्गत जिल्ला खेल संघ र र परिषद अन्तर्गत प्रदेशमा गठन भएका खेल संघहरुलाई चैत्र महिना भित्र अनिवार्य दर्ता, नविकरण र साधारणसभा गरिसक्न आह्वान गरेको छ । बैठकले दर्ता र नविकरण नगरेमा खेल संघहरुको लेटर प्याड र छाप प्रयोग गर्न नदिने भएको छ । यदि कुनै खेल संघले दर्ता, नविकरण र साधारणसभा बिना लेटरप्याड र छाप प्रयोग गरेमा कानुनी कार्वाही गर्ने सदस्य सचिव शर्माले जनाए ।

‘ प्रदेश खेलकुद परिषद्ले खेलकुदमा संस्थागत दिगोपना र शुसासनलाई अभियानको रुपमा स्थापित गर्न खेल संघहरुलाई दर्ता, नविकरण र साधारणसभा गर्ने कार्यलाई अघि बढाएको छौं,’ उनले भने,‘एन्फा गण्डकी पनि सोही अभियान अन्तर्गत दर्ता भएको हो । प्रदेश खेलकुद परिषदले प्रदेशस्तरिय खेल संघहरु, जिल्ला खे संघहरु, स्थानिय क्लव र संघसंस्थाहरुलाई नविकरण र दर्ता गर्ने संगै एकिकृत रुपमा वार्षिक कार्ययोजना क्यालेण्डर बनाएर अघि बढ्न समेत आह्वान गरेको छौं ।’

यो अभियानले प्रदेशमा एकिकृत रुपमा खेलकुद विकासको मुलधारमा ल्याउन सहयोग पुग्ने संगै प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, खेलसंघहरुमा सुशासन, पारदर्शिता सार्वजनिक जवाफदेहिता संस्थागत विकासमा टेवा पुग्नुका साथ–साथै खेलकुद संघ संस्थातर्फ आममानसमा विश्वास पैदा भइ खेल संस्कृती र खेल संस्कार, खेलकुदले विकासले गति लिने सदस्य सचिव शर्माको भनाई छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस