२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

बुलिङ्गटारमा सवारी दुर्घटना हुँदा ४ जना घाईते

२०८० फागुन ३०, बुधबार प्रकाशित ( महिना अघि) २७७ पाठक संख्या

देवचुली । नवलपुरको बुलिङ्टारमा भएको सवारी दुर्घटनामा परेर ४ जना घाईते भएका छन् । काठमाडौंबाट पाल्पा रामपुर हुँदै गल्याङका लागि हिडेको हाईस बुलिङ्टारमा दुर्घटना भएको हो ।

कालीगण्डकी करिडोर अन्तरगत बुलिङ्गटार वडा नम्बर ६ धाँसीमा बा ३ ख ९७९३ नम्बरको हाईस ब्रेकफेल भई सडकको बायाँ तर्फको नालामा खस्दा दुर्घटना भएको हो ।

घाइते हुनेमा काठमाडौं नागार्जुन नगरपालिका – ९ बस्ने ६१ वर्षीय चुडामणी श्रेष्ठ, पाल्पा रामपुर नगरपालिका- ७७ का ९० वर्षीय जंग बहादुर श्रेष्ठ र ७३ वर्षीया पवित्रा लम्साल, स्याङजा गल्याङ नगरपालिका– ११ कि ३१ वर्षीया दिपा बस्याल भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी साजन शर्माले दिनुभएको जानकारी दिनुभयो । घाइते भएका ४ जनाको पाल्पा अस्पतालमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस