२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

कावासोती देखि बालक हराएको सूचना

२०८० फागुन ३०, बुधबार प्रकाशित ( महिना अघि) ८३७ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती नगरपालिकाबाट एक बालक हराएका छन ।

नवलपुर जिल्ला कावासोती नगरपालिका वार्ड नं १ कोईलापानीका १३ वर्षीय निश्चल सेढई हिजो दिउँसोबाट सम्पर्क बिहिन बनेको प्रहरीले जनाएको छ ।

निश्चल सेढई फागुन २९ गते दिउँसो कोईलापानी देखि हराएका उनी लगभग ५ फिट हाइटको, गोरो रंगको, जनता माध्यमिक विद्यालय लेखेको स्कुलको ट्र्याक लगाएका कक्षा ६ मा पढ्ने विद्यार्थी हुन्न ।

जिल्ला प्रहरी कार्यालय नवलपुरमा बालक हराएको उजुरी आएको र आफूहरू खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । बालकलाई खोजतलास गर्न सबैमा परिवारले अपिल गरेको छ । बालक फेला पार्नेहुनेले मोबाइल नम्बर ९८५७०९०३४४ र ०७८- ५४०१९९ मा सम्पर्क गर्न समेत अनुरोध छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%५%

प्रतिक्रिया दिनुहोस