२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी दुर्घटना एकजनाको मृत्यु

२०८० फागुन २८, सोमबार प्रकाशित ( महिना अघि) १२०२ पाठक संख्या

कावासोती । नवलपुरमा सवारी दुर्घटनामा परि २० वर्षीय युवकको मृत्यु भएको छ ।

सोमबार अपरान्ह करिब सवा १ बजेको समयमा स्थानीय खरकट्टा जंगल स्थित राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको ट्रक र पश्चिमबाट आउदै गरेको मोटरसाइकल ठोक्किदा सो दुर्घटना भएको हो ।

दुर्घटनापछि घाईते मोटरसाईकल चालक विश्वमित्र गुरुङको
उद्धार गरी उपचारका लागि स्थानीय मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा १ बजेर ४० मिनेट जाँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी धादिङ जिल्ला गंगाजमुना गाउँपालिका वडा नं ५ स्थायी घर भएका कावासोती – ३ अठठाईस बिघा मामा घर बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी निरिक्षक साजन शर्माका अनुसार दूर्घटनामा परेको लु ५० प ४७०८ नम्वरको मोटरसाईकल र बा प्र ०३००१ क ९५५ नम्वरको ट्रकसहित चालकलाई नियन्त्रणमा लिईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२०%

प्रतिक्रिया दिनुहोस