२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ठेकेदार खोज्न गुहार्दै स्थानीय प्रशासन

२०८० फागुन २६, शनिबार प्रकाशित ( महिना अघि) १३९९ पाठक संख्या

कावासोती । पाँच वर्षदेखि कालीगण्डकी कोरिडोरको खोलामा पक्की पुुल बनाउँदै गरेका ठेकेदार निर्माण अलपत्र पारी भागेपछि स्थानीय बासिन्दा ठेकेदारको खोजी गर्न माग गर्दै जिल्ला प्रशासनमा पुुगेका छन् ।

कालीगण्डकी कोरिडोरको गैँडाकोट पाल्पा खण्डका सबै खोलामा पुुल बनेर सकिँदा पनि गैँडाकोट र बुुलिङटार जोड्ने तरङ्गा खोलामा अहिलेसम्म पुुल नबन्दा यो सडक भएर यात्रा गर्नेले हैरानी खेप्दै आइरहेका छन् ।

वर्षा लागेपछि त यो बाटो पुुल नभएका कारण पूर्ण रूपमा बन्द हुुने गर्दछ । कोटथरका चेसराम आले मगरले भन्नुुभयो, “पुुल निर्माण अलपत्र पारेका ठेकेदारको खोजी गर्न निवेदन दिएका छौँ ।

पक्की पुुल निर्माणको ठेक्का पाएको ठेकेदारले पाँच वर्षदेखि पुुल निर्माणको काम नगरी बेपत्ता भएको भन्दै स्थानीयले प्रशासन गुुहारेका छन् ।

कालीगण्डकी कोरिडोरमा रहेका खोलामा सबै ठाउँमा पक्की पुुल निर्माण सम्पन्न भइसक्दा पनि तरङ्गा खोलामा पुुल बन्न पाँच वर्षअगाडि ठेक्का पाएको लोहनी ब्रदर्स चितवनका ठेकेदार अशोक लोहोनीले काम बिचमा अलपत्र पारे पछि यो बाटो भएर यात्रा गर्ने यात्रुुले अनेकौँ दुुःख झेल्दै आइरहेका बुुलिङ्टारका स्थानीय बलबहादुुर आले मगरले बताउनुुभयो ।

लोहनी ब्रदर्सले कामै पूरा नगरी स्थानीयको ठुलो मात्रामा सामानको रकम तिर्नसमेत बाँकी रहेको छ । बुुलिङटार–३ का वडाध्यक्ष विष्णुुवीर जर्घामगरले चार वर्षदेखि खातामा पैसा नभएको चेक दिने, पैसा माग्दा धम्क्याउने र उल्टै स्थानीयलाई पैसा तिर्नुुको साटो अनेक आरोप लगाएर पुुल नै अलपत्र छाडेपछि स्थानीयले प्रशासनको ध्यानाकर्षण गराएको बताउनुुभयो ।

उहाँले आफूले उक्त पुुलको सामान बोकेको पैसा चार वर्षसम्म नदिएको दिएको चेक  नसाटिएको पनि बताउनुभयो । स्थानीयको समेत लाखौँ रकम नबुुझाएपछि निज ठेकेदारले खोलामा पुल बनाउन राखेको सामान स्थानीयले उठाउन बाध्य भएको बताउनुुभयो । पैसा भुुक्तानी दिनासाथ ठेकेदारको सामान जस्ताको तस्तै दिने उहाँको भनाइ छ ।

स्थानीय बुुलिङटारका पृथ रानामगर भन्नुहुन्छ, “धेरै पटक हारगुुहार गरियो वर्षौंदेखिको सडक निर्माणको बक्यौतासमेत स्थानीय बुुलिङटारका जनतालाई तिर्नुुपर्ने रकमसमेत अहिलेसम्म पनि नदिएर उल्टै सामान चोरेको आरोप लगाएर प्रहरीमा उजुुरी हाले ।” ठेकेदारले साँध खोलाको पक्की पुुल बनाउँदाको रकमसमेत स्थानीयले नपाएको, कुुखुुरादेखि खसीबोका किनेको रकम, सामान बोकेको रकम, तरङ्गा खोलाको पुुल बनाउन सामान बोकेको रकम गर्दा झन्डै २० लाख रुपियाँ पुगेको स्थानीयको भनाइ छ । वडाध्यक्ष जर्घामगरले पुुल नै नबनाई ठेकेदार सम्पर्कविहीन हुुँदै आएको बताउनुुभयो ।

तीन करोड ११ लाखको लागतमा निर्माण सुुरु भएको उक्त पुुल अहिले चार वर्षमा दुुवैतिर पिल्लर उठाउने काम मात्र भएको छ । धेरै काम हुुन बाँकी रहेको र एक वर्षमै सक्ने पुुलको म्याद थप्दै चार वर्ष बित्दा पनि सम्पन्न गर्न नसक्ने ठेकेदारलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुुरी परेपछि घटना बाहिर आएको हो । प्रशासनले ठेकेदारको खोजी गरी पुुल निर्माण चाँडो सक्ने गरी काम गर्न आवश्यक पहल गर्ने जनाएको छ ।

प्रशासनले ठेकेदारलाई बोलाएर काममा विलम्ब नगर्न निर्देशन दिएको छ । ठेकेदार कम्पनीले आगामी असार मसान्तभित्र काम सम्पन्न हुुने र उठाइएको सामान फिर्ता ल्याएपछि काम गर्ने जनाएको छ । ठेकेदार पक्षले सबैको बाँकी रकम आफूले बुुझाउन तयार रहेको र कसैलाई दुुःख दिने नियत नभएको जनाएको छ । साभार : गोरखापत्र अनलाइन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%७%

प्रतिक्रिया दिनुहोस