२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा मोबाइल पसलबाट लाखौंका मोबाइल चोरी

२०८० फागुन २५, शुक्रबार प्रकाशित ( महिना अघि) २१५४ पाठक संख्या

गैंडाकोट । नवलपुरको गैंडाकोट सोह्र नम्बर चोकस्थित मोबाइल लिंकमा लाखौंको चोरी भएको छ।

गैंडाकोट नगरपालिका – १६ सोह्र नम्बर चोकस्थित यम प्रसाद पौडेलको पौडेल मोबाइल लिंक पसलको सटरको ताला फोडेर पसलभित्र रहेको मोबाइल लगायत विभिन्न सर-सामानहरू गरी करिब १५ लाख रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको  जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%३%३१%५%

प्रतिक्रिया दिनुहोस