२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

२०८० फागुन २५, शुक्रबार प्रकाशित ( महिना अघि) ७९२ पाठक संख्या

कावासोती । नवलपुरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।

खेतमा सिंचाइका लागि बोरिङ चलाउँदा कावासोतीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती नगरपालिका वडा नम्बर – १४ टाँडी निवासी मिना गुरौको करेन्ट लगेर उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

खेतमा सिंचाइका लागि बोरिङ चलाउँदा उनलाई करेन्ट लागेको हो । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%६%

प्रतिक्रिया दिनुहोस