२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

देवचुलीमा रहेको शनिश्चरे तालको संरक्षणमा जुट्दै स्थानीय

२०८० फागुन २३, बुधबार प्रकाशित ( महिना अघि) ४२१ पाठक संख्या

कावासोती । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा रहेको शनिश्चरे तालको संरक्षणमा स्थानीय लागि परेका छन् । जिल्लाकै ठुलो ताल शनिश्चरे तालको पुनर्निर्माण गरिएको छ ।

सिमसारको रूपमा रहेको यस क्षेत्रको संरक्षण गर्दै तालको रूपमा विकास गरिएको हो । जिल्लाको देवचुली नगरपालिका–१ मा अवस्थित तालको गण्डकी प्रदेश सरकार र उपभोक्ता समितिको सहयोगमा पुनर्निर्माण गरिएको हो ।

सिसबार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले जैविक विविधताका हिसाबले समेत महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जैविक विविधताको संरक्षण गर्दै पर्यटनको माध्यमबाट दिगो जीविकोपार्जन गर्नका लागि यो तालको महत्त्व रहेको छ ।” गैँडा, मृगलगायतका वन्यजन्तुलाई पानीको स्रोत, लोपोन्मुख चराको वासस्थानका लागि निकै उपयोगी रहेकाले पहिला रहेको ऐतिहासिक तालको रूपमा विकास गरिरहेका छौँ ।

३१ बिघा क्षेत्रफलमा फैलिएको शनिश्चरे ताल साँघुरिँदै गएपछि ताल सफा गर्ने, ताल पुरिएको स्थानमा खन्ने लगायतको कार्य भएको छ । गत वर्ष गण्डकी प्रदेश सरकारको ४० लाख र उपभोक्ता समितिबाट चार लाख ३४ हजार चार सय २१ गरी कूल ४४ लाख ३४ हजार चार सय २१ लागतमा पुनर्निर्माण गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।

पूर्व पश्चिम राजमार्गको देवचुली नगरपालिकाको केउरेनीदेखि दुई दशमलव पाँच किलोमिटरको दूरीमा रहेको शनिश्चरे ताललाई जिल्लाकै आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्न १५ करोडको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार पारिएको अध्यक्ष पाण्डेको भनाइ छ । यस ताललाई पर्यटकीय गन्तव्यको रूपमा अगाडि बढाउन गण्डकी प्रदेशले सहयोग गरेको र यसको डीपीआर भइसकेको छ । पार्क, मचान, दृश्यावलोकन स्तम्भसहितका संरचना बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको छ ।

दिव्य मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सुवास ओझाले वनले दुई बिघा क्षेत्रफल ९ताल० मा अहिले माछापालन समेत गरेको बताउनुभयो  । यसले लक्षित वर्ग माझी, मुसहर, बोटे समुदायको आर्थिक उपार्जनमा सहयोग पुग्नेमा आफूहरू विश्वस्त रहेको उहाँले बताउनु भयो । मानव स्वास्थ्यको आधार रहेको सिमसारलाई संरक्षण गर्न सके मानवको अस्तित्व रहने अध्यक्ष ओझा बताउनुहुन्छ ।

सिमसार क्षेत्र विश्वको ४० प्रतिशत विविधतामा आधारित चराचुरुङ्गी तथा किरा फट्याङ्ग्राको उत्पत्ति स्थल रहेकाले यसलाई असर पुर्‍याउनु भनेको हामी आफैँले आफ्नो स्वास्थ्य तथा जनजीवनमा नकारात्मक प्रभाव पुर्‍याउनु जस्तै हो । यद्यपि यसको संरक्षणमा सबै एकजुट हुन आवश्यक रहेको दिव्य मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ओझाले बताउनुभयो । यो समाचार आजको गोरर्खापत्रबाट साभार गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस