२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

१३ घण्टादेखि दाउन्नेमा महेन्द्रराजमार्ग अवरुद्ध

२०८० फागुन २१, सोमबार प्रकाशित ( महिना अघि) ३९२ पाठक संख्या

नारायण शर्मा

पूर्वी नवलपरासी — वर्षाले पूर्व-पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा १३ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार आइतबारको वर्षाका कारण सडक चिप्लो र हिलो भएर सवारीसाधन फसेपछि गएराति ७ बजेबाट दाउन्ने सडक खण्ड अवरुद्ध भएको हो ।

महेन्द्रराजमार्ग हुँदै पूर्व र पश्चिम हिँडेका सैयौं गाडी दाउन्नेमै रोकिएका छन् । हिलोमा फसेको गाडी निकाल्न नसक्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । बर्दघाट र दुम्कीवास क्षेत्रमा सैयौं यात्रु अलपत्र परेका छन् ।

राजमार्ग फराकिलो पार्न भत्काइएको सडक पानी परेपछि हिलाम्ये भएको छ । पानी पर्नुअघि दाउन्ने सडक खण्डमा करिब एक मिटरसम्म धूलो रहेको थियो ।

दाउन्नेदेखि पश्चिम बर्दघाट खण्डमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । नवलपरासीमा हिजो दिनभरीजसो मसिनो पानी परिरहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस