२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने

२०८० फागुन १७, बिहिबार प्रकाशित ( महिना अघि) ५४७ पाठक संख्या

कोल्हुवा । नवलपुरको कोल्हुवामा जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।  उत्कृष्ट खेलाडी स्व: चिरन अर्यालको स्मृतीमा जिल्ला स्तरीय प्रथम चिरण स्मृति कप २०८० सञ्चालन हुने भएको हो ।

राइनो क्लबको आयोजना तथा नन्द भाउजु उपभोक्ता समितिको संरक्षण रहनेगरी सो प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष दोमन भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार फागुन २९ गते देखी खेलको आयोजना गरिने भएकाले टिम दर्ता खुल्ला रहेको छ । टिम दार्ताका लागी भने १२ हजार रुपैया तोकिएको क्लबका अध्यक्ष दोमन भण्डारीले जानकारी दिनुभयो ।

जिल्ला स्तरीय फुटबल प्रतियोगीताको प्रथम पुरस्कार १ लख ५० हजार रुपैयाँ सहित कप र मेडल तथा प्रमाण पत्र रहेको छ ।

त्यस्तै द्वितीय पुरस्कार ७५ हजार रुपैयाँ कप र मेडल तथा प्रमाण पत्र पुरस्कार वितरण गरीने  छ भने उत्कृष्ट खेलाडिहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता मध्यबिन्दु – २ कोल्हुवा स्थित राइनो रङ्गशालामा सञ्चालन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस