२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

प्रकृति कृषि सहकारीको अध्यक्षमा; बिष्णु काफ्ले चयन

२०८० फागुन १६, बुधबार प्रकाशित ( महिना अघि) २२६ पाठक संख्या

कोल्हुवा । प्रकृति कृषि सहकारी संस्था लिमिटेड पतवारीको चौथो अधिवेशन बुधबार सम्पन्न भएको छ ।

अधिवेशनले आगामी पाँच वर्षका लागि बिष्णु प्रसाद काफ्लेको नेतृत्वमा १३ सदस्यीय संचालक समिति सर्वसहमत चयन गरेको हो ।

नवनिर्वाचित संचालक समितिको उपाध्यक्षमा दान बहादुर केसी, सचिवमा ओम प्रकास पाठक र कोषाध्यक्षमा नेत्रकला न्यौपाने चयन हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा शिवजी थापा, कृष्ण प्रसाद अर्याल, नारायण प्रसाद सिग्देल, बिमला घिमिरे ,दुर्गा प्रसाद पराजुली र खिम बहादुर जिसी चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै ३ सदस्यीय लेखा सुपरिक्षवेक्षण समितिको संयोजकमा टोप बहादुर चन्द बोहोरा र जगजिवन मण्डल हिम बहादुर केसी चयन हुनुभएको छ ।

मध्यबिन्दु –  १ पतवारीमा स्थापना भएको प्राकृतिक कृषि सहकारी संस्थाले किसानको जीवनस्तर उकास्न सहज होस् भन्दै विगत २०६९ साल देखि विविध सेवा दिँदै आएको छ । संस्थाले सुरुमा दुध डेरी स्थापना गरी कुटानी पिसानीको सेवा संगसगै,अहिले दाना समेत यही संस्थामा उत्पादन हुदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस