२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

कावासोती नमुना सदरमुकामको लागी ५० करोड बजेटको स्रोत सहमती

२०८० फागुन १३, आईतबार प्रकाशित ( महिना अघि) २१७ पाठक संख्या

कावासोती । अर्थ मन्त्रालयले नवलपुरको नमुना सदरमुकामको लागि ५० करोड बजेटको स्रोत सहमति दिएको छ ।

अर्थ मन्त्रालयले योजना आयोगलाइ पत्र लेखेर ५० करोड बजेट स्रोत सहमति प्रदान गरिएको जानकारी दिएको हो ।

अर्थले योजना आयोगलाई लेखेको पत्र अनुसार चालू आ।वको सुरुमा विनियोजित बजेट समेत गरि ५० करोड मात्रको स्रोत सहमति दिने मन्त्री स्तरको निर्णय भएको जनाईएको छ । स्रोत सहमति भए सँगै आयोजनाको काम चैत महिना बाट सुरु हुने छ ।

नवलपुर क्षेत्र नम्बर २ का सांसद बिष्णु कुमार कार्कीको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बिश्वकर्मा सहितको टोलिले अर्थ मन्त्री डाक्टर प्रकाश शरण महतलाई भेटेर बजेट थप गर्न आग्रह गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस