२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० फागुन १२, शनिबार प्रकाशित ( महिना अघि) ५२५ पाठक संख्या

कावासोती । नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । देवचुली नगरपालिका १४ छत्तिसघरे स्थित भित्री सडक खण्डमा कुल ‍एण्ड ‍एलेन पेट्रोलपम्पबाट बाल्मिकी आवासीय विद्यालयतर्फ जाँदै गरेको बा ६९ प ९२३६ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कावासोती – ११ कुँडौली निवासी २५ वर्षीय सागर चौधरीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा  निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रहरीका अनुसार साँझ ८ बजे भएको दुर्घटनामा घाइते भएका चौधरीलाई देवचुली अस्पताल दलदलेमा सामान्य उपचार गरि थप उपचारको लागी चितवन मेडिकल कलेज भरतपुर पठाइएकोमा हिजो साँझ ९:१० बजे उपचारको क्रममा मृत्यु भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस