२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

युवा क्लबले बनायो चोरमाराका बिद्यालयमा सडक जेब्रा क्रसिङ

२०८० फागुन ८, मंगलबार प्रकाशित ( महिना अघि) १५४ पाठक संख्या

चोरमारा । प्रजातन्त्र दिवसको अवसर पारेर चोरमारा युवा क्लबले मध्यविन्दु नगरपालिकाका बिघालयका सडकहरुमा जेब्रा क्रसिङ निर्माण थालेको छ ।

बढी भिडभाड हुने र सडकमा जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्न थालेपछि विद्यार्थीलाई सजिलो होस् भनेर बाटो क्रस गर्ने स्थानलाई मध्य नजर गर्दै जेब्रा क्रसिङ निर्माण गरिएको चोरमारा युवा क्लबका अध्यक्ष सुरेश कुमाल बताउनुभयो ।

बिद्यालय क्षेत्र तथा अन्य क्षेत्रमा स–साना विद्यार्थी समेत बाटो काट्न पर्ने, बृद्धबृद्धाहरुलाई समेत बाटो काट्न सकस देखिको र दुर्घटना समेत हुने देखिएको हुदा दुर्घटनालाई न्यूनीकरण गर्न जेब्रा क्रसिङ निर्माण गरिएको अध्यक्ष कुमालले जानकारी दिनुभयो ।

1708443883149

चोरमारा युवा क्लबले मध्यबिन्दु नगर अस्पताल प्रवेशद्वार, नवजागरण नमुना माध्यमिक विद्यालय र नवलपुर आवासीय माध्यमिक विद्यालय अगाडि तीन स्थानमा जेब्रा क्रसिङ बनाईयको छ ।

जेब्रा क्रसिङको लागि मामाभान्जा ईन्टरप्राईजेज चोरमारा र काफ्ले ट्रेडर्स एण्ड सप्लायर्स कोल्हुवाले सामग्री सहयोग गरेको थियोे । जेब्रा क्रसिङ निर्माणले निश्चित स्थानबाट यात्रुहरुलाई बाटो काट्न मद्त गर्दै दुर्घटनालाई नियन्त्रणमा सहज गराउन मदत पुग्ने व्यवसायी तथा आम उपस्थित जनप्रतिनिधिको बुझाई छ ।

1708443906443

त्यस्तै विगत केहि समययता मध्यविन्दु नगरपालिकाका विभिन्न भित्री बजार , विद्यालय आसपासको क्षेत्रमा तिव्र गतिका कारण ठूला साना सवारी दुर्घटनाहरु हुँदै आएपछि न्यूनिकरण गर्नका लागि साईन बोर्ड राख्ने योजना सहित अगाडि बढेको चोरमारा युवा क्लबले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस