२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

भोलि राइनो संरक्षण गोल्डकपको फाइनल

२०८० फागुन ८, मंगलबार प्रकाशित ( महिना अघि) १९३ पाठक संख्या

कोल्हुवा । नवलपुरको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि बुधबार हुनेछ । फाइनल खेल अठ्ठाइस बिगाह कावासोती र गण्डकी प्रदेश फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

मध्यविन्दु नगरपालिका – २ कोल्हुवा स्थित राइनो रंगशालामा भोलि दिउँसो २ बजेदेखी प्रतियोगिता सुरु हुनेछ । फाइनल खेलको टिकट शुल्क भने २०० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।

आयोजक क्लबका अध्यक्ष दोमन भण्डारीका अनुसार १२ टिमको सहभागिता रहेको राइनो संरक्षण गोल्डकपको बिजेताले ८ लाख र उपविजेताले ४ लाख नगद शिल्ड र प्रमाणपत्र पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने तथा सर्वाधिक गोलकर्ताले १० हजार र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ ।

बन्यजन्तु संरक्षण चेतनाका लागि खेलकुद भन्ने मुल उद्धेश्यका साथ आयोजित उक्त प्रतियोगितामा विभागिय टोलीहरुसहित नेपालका ए डिभिजनका क्लबहरुको सहभागिता रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र व्यवस्थापन समिति र नन्द भाउजू उपभोक्ता समिति संरक्षक रहेको राइनो क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%१%

प्रतिक्रिया दिनुहोस