२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

राईनो संरक्षण गोल्डकप: अठ्ठाइस बिगाह कावासोती फाइनलमा 

२०८० फागुन ७, सोमबार प्रकाशित ( महिना अघि) ९७६ पाठक संख्या

कोल्हुवा । अठ्ठाइस बिगाह कावासोती राइनो कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मध्यबिन्दु नगरपालिका २ कोल्हुवा स्थित राइनो रंगशालामा जारी प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा सेन्टर कलेज फोर ब्रदर्स भूमहीलाई १-० ले पराजित गर्दै अठ्ठाइस बिगाह कावासोतीले प्रतियोगिताको दोस्रो स्थान पक्का गरेको हो ।

अठ्ठाइस बिगाहको जितमा समीर तामाङले एक मात्र गोल ८५औँ मिनेटमा गरेका थिए । प्रतिस्पर्धामा दुवै टोलीबाट गोलका लागि धेरै प्रयास भएता पनि गोल हुन सकेको थिएन ।

फोर ब्रदर्स भूमहीले मध्यान्तर पछि खेलमा सुधार गरेको थियो । यद्यपि बराबरी गोल फर्काउन सकेन् । खेलमा अठ्ठाइस बिगाह कावासोतीका खेलाडी अन्जल महर्जनले म्यान अफ दि म्याच घोषित हुँदै ५ हजार रुपैयाँ जितेका छ्न्न ।

प्रतियोगिता अन्तर्गत बुधबारको फाइनल खेल अठ्ठाईस विगाहा कावासोती र गण्डकी प्रदेश बीच हुनेछ । विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१४%५%२%२%

प्रतिक्रिया दिनुहोस