२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

राइनो कप सेमिफाइनल : आज गण्डकी प्रदेश र पुलिस क्लब भिड्दै

२०८० फागुन ६, आईतबार प्रकाशित ( महिना अघि) ६७२ पाठक संख्या

कोल्हुवा । नवलपुरको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा आज गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्दै छन् ।

मध्यविन्दु नगरपालिका – २ कोल्हुवा स्थित राइनो रंगशालामा आज दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल पुलिस क्लब नेपाल प्रहरीको विभागिय फुटबल क्लब हो । यो क्लबले नेपालको राष्ट्रिय ए डिभिजन लिग खेल्ने गर्छ । अठ्ठाइस बिगाहले अब भोलि हुने दोस्रो सेमिफाइनल खेलमा सेन्टर कलेज फोर ब्रदर्स भूमहीसँग सामना गर्नेछ ।

बन्यजन्तु संरक्षण चेतनाका लागि खेलकुद भन्ने मुल उद्धेश्यका साथ आयोजित उक्त प्रतियोगितामा विभागिय टोलीहरुसहित नेपालका ए डिभिजनका क्लबहरुको सहभागिता रहेको छ ।

विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र व्यवस्थापन समिति र नन्द भाउजू उपभोक्ता समिति संरक्षक रहेको राइनो क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%१%२%१%

प्रतिक्रिया दिनुहोस