२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा राष्ट्रिय भलिबल खेल सुरु

२०८० फागुन ५, शनिबार प्रकाशित ( महिना अघि) ९६९ पाठक संख्या

नारायण शर्मा

कावासोती  । सदरमुकाम कावासोतीमा शनिबारदेखि प्रथम जिएम कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ ।

शनिबार उद्धघाटनको पहिलो खेलमा पुलिस क्लबले नवलपरासीलाई १५,१३ र १२ को सोझो सेटमा पराजित गर्‍यो ।

यसैगरी शनिबारको दोश्रो खेलमा एपीएफले जिएम समाजलाई १९,१३ र २१ सेटमा पराजित गरेको थियो । तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले नवलपरासी मणिमुकुन्दलाई १५,१६ र २२ को सोझो सेटमै हराएको हो ।

यस्तै जिएम समाज र गण्डकी प्रदेश बीचको खेलमा भने जिएम समाजले २ सेट र गण्डकी प्रदेशले १ जित निकाल्दा रात परेका कारण खेल बीचैमा रोकिएको छ ।

आयोजक जिएम, नवलपरासी,गण्डकी प्रदेश र विभागीय टिमको सहभागिता रहेको भलिबल प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब र नवलपरासी बीच भएको थियो ।

प्रथम जिएम कप आमन्त्रित भलिबल प्रतियोगिताको विजेता र उपविजेताले कम्रश २ लाख र १ लाख हात पार्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस