२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा आजदेखी पहिलो आरम्भ नेशनल एसक्यूसी मिट हुँदै 

२०८० फागुन ५, शनिबार प्रकाशित ( महिना अघि) ३६८ पाठक संख्या

नवलपुर । नवलपुरको कावासोतीमा रहेको आरम्भ एकेडेमीले प्रथम आरम्भ एसक्युसी मिट गर्न लागेको छ । सीप,संस्कार  र प्रविधिसहितको व्यवहारिक शिक्षालाई आत्मसाथ गर्दै कावासोती–३, मा सञ्चालित आरम्भ एकेडेमीले प्रथम आरम्भ एसक्यूसी मिट गर्न लागेको हो ।

विद्यालयले सञ्चालन गर्न लागेको कार्यक्रम विद्यालय स्तरमा देशकै पहिलो कार्यक्रम भएको कार्यक्रमका संयोजक सौरभ कोइरालाले दावी गर्नुभयो । विद्यार्थीको व्यक्तित्व विकास, सामूहिक कार्य गर्न सिकाउने अभ्यास, विद्यालयमा आइपर्ने समस्याको पहिचान र समाधान, सामाजिक रहनसहन ,प्रकृति र पर्यटनका विषयमा ज्ञान अभिवृद्धि गर्न कार्यक्रम फलदायी हुने विश्वास गरिएको विद्यालयका प्रबन्ध निर्देशक प्रदिप भुसालले बताउनुभयो ।

‘विद्यार्थीलाई समस्याको पहिचान र समाधानका उपाय सिकाउने, अन्तर विद्यालयका नयाँ विषय साटासाट गर्ने र भोलिका दिनमा एसक्यूसीमा सहभागि विद्यार्थीले आफूमा आइपर्ने हरेक विषयका समस्या स्वयम् आफैं खोज्न सक्ने , व्यवस्थापन गर्न सक्नेछन् भन्ने विश्वास छ’ प्रबन्ध निर्देशक भुसालले भन्नुभयो । किताबको ज्ञान सहित व्यवहारिक रुपमा आइपर्ने विषयको समाधान कसरी गर्न सकिन्छ भन्ने विषय विद्यार्थीले सिक्ने उहाँले बताउनुभयो ।

देशभरका दश जिल्लाका २५ विद्यालयका विद्यार्थी आरम्भ एकेडेमीको एसक्युसी कार्यक्रममा सहभागि हुनेछन् । प्रत्यक विद्यालयका ६ जनाका दरले विद्यार्थी सहभागि हुनेछन् । काठमाण्डौमा, काभे्र, रुपन्देही, कपिलवस्तु ,पाल्पा सहितका जिल्लाका विद्यालयका विद्यार्थी कार्यक्रमका सहभागि हुनेछन् ।

शुक्रबारदेखि सुरु भएको कार्यक्रम चार दिन सम्म चल्ने छ । कार्यक्रममा प्रत्यक विद्यालयका विविध कार्यक्रममा भाग लिनेछन् । सामूहिक रुपमा यहाँका जैविक विविधताको अवलोकन र अध्ययन, गाउँ अवलोकन, प्यानल डिस्कसन, केस स्टडीको प्रस्तुति, सांस्कृतिक प्रस्तुति सहित विभिन्न कार्यक्रमहरू यस क्रममा हुनेछन् । प्रत्यक विद्यालयले आफ्नो विद्यालयका विविध विषयमा गरेको अध्ययनको प्रस्तुति समेत गर्नेछन् ।

यसक्रममा पहिचान भएका समस्या ,समाधानका लागि गर्न सकिने कार्यको विवरण समेत राखिने हुँदा कार्यक्रम विद्यार्थीको सिकाइका लागि प्रभावकारी बन्ने आरम्भ एकेडेमीका भाइस प्रिन्सिपल राजु पौडेलले बताउनुभयो । आरम्भ एकेडेमीले गर्न लागेको कार्यक्रम आफैमा विद्यार्थीको जीवनका लागि व्यवहारिक सीप , एक अर्का विचको सहकार्यको विषय सिकाइका लागि महत्वपूर्ण रहने उहाँले बताउनुभयो ।

कार्यक्रमका सहभागि हुन आएका विद्यार्थीलाई आरम्भमा अध्ययनरत विद्यार्थीले  सहजिकरण गर्नेछन् । यसका लागि विद्यार्थीहरूलाई जिम्मेवारी प्रदान गरिएको छ । यसले व्यक्तिगत रुपमा सिकाइ आदान प्रदानमा थप सहयोग पुग्ने उहाँले बताउनुभयो । अंग्रेजी भाषाको माध्यमबाट विद्यार्थीहरू छलफल र सहजिकरण , स्वागत गर्नेछन् । यसले भाषाको सुधारमा समेत सहयोग पुग्ने विश्वास आरम्भ एकेडेमीले गरेको छ ।

आरम्भमा अध्यनरत विधार्थीलाई देशका अन्य राम्रा विद्यालयका विद्यार्थीसँग घुलमिल गराउँदै यहाँका विद्यार्थीलाई समेत अन्य सरह सक्षम र प्रतिस्पर्धी रुपमा आफूलाई अगाडी उभ्याउन सक्ने बनाउन कार्यक्रम गरिएको विद्यालयले बताएको छ । कावासोती नगरपालिकाको संरक्षकत्वमा फागुन ५ र ६ गते आरम्भ एकेडेमी स्कुलको प्रांगणमा पहिलो आरम्भ नेशनल एसक्यूसी मिट हुने भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस