२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

लैगिंक समानता र न्यायका लागी उर्लिँदो सय करोड अभियान मनाइदै

२०८० फागुन ४, शुक्रबार प्रकाशित ( महिना अघि) २५८ पाठक संख्या

काठमाडौं । लैगिंक समानता र न्यायका लागि उर्लंदो सय करोड अभियान शुक्रवार मनाइएको छ । विश्व समाजिक मञ्च अन्तर्गत शुक्रवार उर्लंदो सय करोड अभियान ३५ वटा संस्थाको सहकार्यमा मनाइएको संगत नेपालका संयोजक दुर्गा सापकोटाले जानकारी दिनु भयो ।

सापकोटाका अनुसार उर्लंदो सय करोड महिला तथा बालिका माथि हुने अन्याय र शोषण विरुद्धको अभियान हुनुको साथै विभिन्न बाहनामा महिला माथि हुने हिंसाको विरोध र न्यायको लागि अभियानले माग गरेको बताउनु भयो ।

हिंसा प्रभावित महिला बालिकाको मानव अधिकारको रक्षा र स्वयम् प्रभावितहरूमा आत्मविश्वास जगाउने तथा हिंसा पीडितले सामना गरेको हिंसालाई प्रतिरोधस्वरूप गीत, नृत्यमार्फत हामी अझै सक्षम छौ र खुलेर जिउन चाहन्छौ भन्ने आशय उर्लंदो सय करोडको रहेको छ । एक तथ्यांक अनुसार विश्वमा प्रत्येक ३ महिला मध्ये १ जना आफ्नो जीवन कालमा कुनै न कुनै रुपमा हिंसाको चपेटामा परेको देखाएको छ ।

महिला विरुद्धको हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ सन २०१२ मा सुरु भएको उर्लंदो सय करोड अभियान हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाइन्छ । यस अभियानकी पहलकर्ता अमेरिकी नारीवाद, लेखक तथा प्रस्तोता इभ एन्सलर हुन ।

अर्को विश्व सम्भव छ “अर्को विश्व सम्भव छ भन्ने नाराको साथ विश्व समाजिक मञ्चको १६ औ सम्मेलन नेपालमा विहीवार देखि सुरु भएको छ । करिब चार दिनसम्म चल्ने सम्मेलनमा सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउनुको साथै समाजिक न्यायमा सँग सँगै भन्ने उद्देश्य रहेको आयोजकले बताएको छ ।

यस अन्तर्गत मानव बेचविखन, श्रम आप्रवासन, जाति जातियता आदिवासी छुवाछुत र हिंसा , खाद्यय सम्प्रभुता लगायतको विषयमा छलफल हुनेछ । विश्व समाजिक मञ्चमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस