२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरका विभिन्न स्थानमा भोली विद्युत अवरुद्ध हुने

२०८० फागुन ४, शुक्रबार प्रकाशित ( महिना अघि) ६९७ पाठक संख्या

कावासोती । नवलपुरका अधिकांश स्थानमा भोली विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार फागुन ५ गते सनिवारका दिन विहान ८ बजेदेखि साझा ५ बजेसम्मको समयमा नवलपुरका विद्युत अवरुद्ध हुने भएको हो ।

नारायणघाट बुटवल सड़क योजना ( पूर्वी खण्ड )ले कावासोती फिडर लाईनमा नयां पोल गाडी लाईन निर्माण कार्य गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्व हुने वितरण केन्द्र कावासोतीले जनाएको छ ।

कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र  हुप्सेकोट गाउपालिका लगायतका स्थानमा विद्युत सेवा अवरुद्व हुने विद्युत् प्राधिकरण वितरण केन्द्र कावासोतीले जानकारी दिएको छ । साथै काम अगाडि नै सम्पन्न भएमा विद्युत पनि अगाडि नै सूचारु हुने पनि जनाईएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%२%

प्रतिक्रिया दिनुहोस