२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

राईनो गोल्डकपः लुम्बिनी प्रदेशलाई पन्छाउँदै कावासोती क्वार्टरफाइनलमा

२०८० माघ २९, सोमबार प्रकाशित ( महिना अघि) ८२८ पाठक संख्या

कोल्हुवा । नवलपुरको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा जित निकाल्दै अठ्ठाइस विगाहा कावासोती युवा क्लब क्वार्टरफाइनलमा पुगेको छ ।

कोल्हुवा राईनो रङ्गशालामा आयोजित तेस्रो दिनको खेलमा लुम्बिनी प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै अठ्ठाईस विगाहाले आफ्नो अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।

खेलको अग्रता अठ्ठाइस विगाहाले ३४ औं मिनेटमा सुशिल लामाको गोलमा लिएको थियो । पहिलो हाफ सकिन तीन मिनेट अघि समिर राई ठोकरले टोलीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफको ५९ औं मिनेटमा निरज चौधरीले विजेता टोलीका लागि तेस्रो गोल गरेका थिए ।

त्यस्तै आजको खेलमा कप्तान तथा गोलकिपर बिरेन्द्र सरु मगर म्यान अफ द म्याच घोषित भएका छन् । राइनो क्लब, मध्यविन्दु–४ नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ए डिभिजन, विभागीय टिम सहित १२ टिमले भाग लिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%४%२%१%

प्रतिक्रिया दिनुहोस