२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

आज राइनो कपमा कावासोती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदै

२०८० माघ २९, सोमबार प्रकाशित ( महिना अघि) ७१८ पाठक संख्या

कोल्हुवा । कोल्हुवा राईनो रङ्गशालामा आयोजित तेस्रो दिनको खेलमा अठ्ठाइस बिघा कावासोती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल कोल्हुवा स्थित राईनो रगंशालामा दिउँसो ३ बजे हुनेछ । राइनो क्लब, मध्यविन्दु–४ नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ए डिभिजन, विभागीय टिम सहित १२ टिमले भाग लिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१%१%२%

प्रतिक्रिया दिनुहोस