२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

राइनो कप फुटबल: गण्डकी क्वाटर फाइनल प्रवेश

२०८० माघ २८, आईतबार प्रकाशित ( महिना अघि) ५५८ पाठक संख्या

कोल्हुवा । नवलपुरको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा गण्डकी प्रदेश फुटबल टिम क्वार्टरफाइनल प्रवेश गरेको छ ।

बीएफसी चितवनलाई २–१ गोलले हराउँदै गण्डकी प्रदेश फुटबल टिम राईनो संरक्षण गोल्डकप फुटबलको क्वार्टरफाइनलमा पुगेको हो ।

कोल्हुवा राईनो रङ्गशालामा आईतबार भएको खेलमा गण्डकी प्रदेशका खेलाडी आकाश थपलिया र प्रशन्न श्रेष्ठले १–१ गोल नै निर्णायक गोल बन्यो । दोस्रो हाफको सुरुवातमै चितवन बीएफसीका खेलाडी बिरेन्द्र लिम्बुले १ गोल फर्काएका थिए । सोमबार अठ्ठाइस बिघा कावासोती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा ए डिभिजन, विभागीय टिम सहित १२ टिमले भाग लिएका छन् । विजेताले ८ लाख र उपविजेता टोलीले ४ लाख रुपियाँसहित ट्रफी पाउने छन् । प्रतियोगिताको फाइनल फागुन ९ गते बुधबार हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%५%१%१%

प्रतिक्रिया दिनुहोस