२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

राइनो गोल्डकप शुरु, उद्घाटन खेलमा सेन्टर कलेज फोर ब्रोर्दश विजयी

२०८० माघ २७, शनिबार प्रकाशित ( महिना अघि) ७७२ पाठक संख्या

कोल्हुवा । नवलपुरको कोल्हुवामा आजदेखि सुरु भएको छैटौं संस्करणको राईनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा सेन्टर कलेज फोर ब्रोर्दर भुमही विजयी भएको छ । विरगञ्ज युनाईटेड क्लबलाई १–२ ले हराउँदै सेन्टर कलेज फोर ब्रोर्दरले प्रतियोगितामा जित निकालेको हो ।

खेलमा फोर ब्रदर्सका लागि बिनोद केबट र फागुराम चौधरीले एक एक गोल गरेका थिए । खेलको अन्तिम ४ मिनेटमा वीरगंज यूनाइटेडका बिकास चौधरीले एक गोल फर्काएका थिए । त्यस्तै आजको खेलमा सेन्टर कलेज फोर ब्रोर्दरका खेलाडी फागुराम चौधरीले म्यान अफ द म्याच घोषित भएका छन्  । उनलाई नगद रु ५ हजार नगद पुरस्कार गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले हस्तान्तरण गर्नुभयो। प्रतियोगीताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिता अन्तरगत भोलि अर्थात् माघ २८ गतेको खेल हनामी बीएफसी चितवन र गण्डकी प्रदेशको फुटबल टीम बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । राइनो क्लब, मध्यविन्दु–४ नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  प्रतियोगितामा नेपाल आर्मी, सेन्टर कलेज फोर ब्रोर्दर, २८ बिगाहा, लुम्बिनी प्रदेश, संकटा क्लब, मछिन्द्र क्लब, हनामी बीएफसी क्लब, गण्डकी प्रदेश, बागमती प्रदेश, एपीएफ र पुलिस क्लब सहभागी हुनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%

प्रतिक्रिया दिनुहोस