२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

‘राइनो संरक्षण गोल्डकप’ आजदेखि सुरु

२०८० माघ २७, शनिबार प्रकाशित ( महिना अघि) ५३७ पाठक संख्या

कोल्हुवा । राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण आजबाट शुरु हुदैछ।

राईनो क्ल्बको आयोजना एवं नन्दभाउजु उपभोक्ता समितीको संरक्षणत्वमा नवलपुरको मध्यविन्दु – २ स्थित राईनो मैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा सेन्टर कलेज फोर ब्रोर्दश र विरगञ्ज युनाईटेडबीच प्रतिस्पर्धा हुने नन्दभाउजू उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताउनुभयो ।

प्रतियोगितामा नेपाल आर्मी, विरगञ्ज युनाईटेड, सेन्टर कलेज फोर ब्रोर्दर, २८ बिगाहा, लुम्बिनी प्रदेश, संकटा क्लब, मछिन्द्र क्लब, हनामी बीएफसी क्लब, गण्डकी प्रदेश, बागमती प्रदेश, एपीएफ र पुलिस क्लब सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  आजको खेल सेन्टर कलेज फोर ब्रोर्दश र विरगञ्ज युनाईटेड बीच २:३० बजेदेखि सञ्चालन हुँदैछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%२%२%१%

प्रतिक्रिया दिनुहोस