२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

माघेऔंसीमा त्रिवेणीधाममा मेला हेर्नेको घुइँचो

२०८० माघ २६, शुक्रबार प्रकाशित ( महिना अघि) ५१४ पाठक संख्या

नारायण शर्मा

त्रिवेणीधाम — बिहीबार रातिबाट त्रिवेणीधाममा माघे औंसी मेला सुरु भएको छ । शुक्रबार बिहानैदेखि नेपाल र भारतका विभिन्न ठाउँबाट तीर्थालुहरू त्रिवेणीधाममा आइरहेका छन् ।

माघें औसीको अघिल्लो दिन बिहीबार यहाँका मठमन्दिरमा रातभर जाग्राम बस्ने, शुक्रबार स्नानपछि पूजाआजा र दान गर्ने चलन सदियौं पुरानो चलन हो । त्रिवेणीधाम क्षेत्र विकास समितिले मेलाको व्यवस्थापनमा सघाएको छ भने स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको छ ।

शुक्रबार माघे औंसी हो । वाल्मीकि ऋषिको तपोभूमि त्रिवेणीधाममा माघे औंसीमा स्नान गरेर दान गर्नाले पितृहरूले मोक्ष प्राप्त गर्ने विश्वासका आधारमा भक्तजनहरू ओइरिने गरेका छन् ।

Received_380410941401680

भारतको दिल्ली,गोरखपुर, महाराजगन्ज, बनारस, ऋषिकेशलगायतका ठाउँबाट समेत भक्तजनहरू आउने गरेको त्रिवेणी गजेन्द्रमोक्ष क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपिन्द्रेश्वर भुसाल बताउँछन् ।

पूर्व-पश्चिम राजमार्गको बर्दघाट बजारबाट ३० किलोमिटर दक्षिण(पूर्व भारतीय सिमानामा त्रिवेणीधाम पर्दछ । नारायणी नदी तरेर २० मिनट पैदल हिँडेपछि चितवन निकुञ्जभित्र बाल्मिकी आश्रम रहेको छ । त्रिवेणीमा स्नान गरेर वाल्मिकी आश्रम दर्शनका लागि जानेहरू पनि धेरै छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस