२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा दोस्रो नेपाल चरा उत्सव आज देखि सुरु

२०८० माघ २६, शुक्रबार प्रकाशित ( महिना अघि) ४३६ पाठक संख्या

नवलपुर । कावासोतीमा सेकेण्ड नेपाल बर्ड फेयर २०८० शुक्रबारदेखि सुरु भएको छ ।

पोखरा पन्छी समाजको आयोजना र जटायु रेष्टुरेन्ट नवलपुर, बर्ड एजुकेसन सोसाईटी चितवन सहआयोजक रहेको फेयर कावासोती नगरपालिका १३ स्थित सिमसार क्षेत्रमा सुरु भएको हो ।

फेयरको कावासोती नगरपालिकाका उपप्रमुख फुलकुमारी थनेतले उद्घाटन गरिन् । माघ २८ गतेसम्म चल्ने ‘सेकेन्ड नेपाल बर्ड फेयर’मा चरा र तिनका बासस्थानको संरक्षण, जनचेतना र पर्यटनको बिकासको बारेमा छलफल र प्रदर्शनी स्टल राखिएको चरा विद् एवंम जटायु रेष्टुरेण्टका संयोजक डिबी चौधरीले बताए ।

उत्सवमा कावासोती क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीबीच चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । पन्छी तथा जैविक विविधता क्षेत्रमा आवद्ध ३९ संस्थाका प्रतिनिधि, भारत, भुटान, मलेसिया लगायत विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस