२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

राइनो संरक्षण गोल्डकप भोलिदेखी, उद्धाटन खेल विरगन्ज र भुमही भिड्ने

२०८० माघ २६, शुक्रबार प्रकाशित ( महिना अघि) ६४५ पाठक संख्या

कोल्हुवा । राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता भोलिदेखि नवलपुरमा शुरु हुँदैछ ।

नवलपुरको कोल्हुवामा गैँडा संरक्षणका लागि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष पनि गर्न लागिएको हो । देशभरका ए डिभिजन सहित १२ टिमको सहभागिता रहने उक्त प्रतियोगिता फागुन ९ गतेसम्म हुनेछ ।

भोलिदेखि हुने खेलको उद्धाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको माननीय मन्त्री सुशिला सिंखडाको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । उद्घाटन खेलमा विरगन्ज युथ क्लव र सेन्टल कलेज फोर ब्रदर भुमही बिच प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको उद्घाटन १२ बजे हुनेछ भने प्रतियोगिता सुरु २:३० बजे हुनेछ ।

नन्दभाउजु उपभोक्ता समितिको संरक्षणमा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले रु. ८ लाख र द्वितीय हुनेले रु. ४ लाख पुरस्कार राशि पाउनेछन् ।

खेलकुद विकास र जैविक विविधताको संरक्षण गर्ने उदेश्यले आयोजना गरिएको सो प्रतियोगिताबाट देश विदेशमा गैँडा संरक्षणको सन्देश दिन लागिएको र प्रतियोगिताका लागि सबै तयारी पूरा भएको आयोजक राइनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%३%१%१%

प्रतिक्रिया दिनुहोस