२०८१ बैशाख ३०, आईतबार
नयाँ
पछिला अपडेट

कोल्हुवाको न्यू ज्ञान ज्योतिका अभिभावकलाई उद्घोषण तालिम

२०८० माघ २६, शुक्रबार प्रकाशित ( महिना अघि) ८०१ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर २ मा रहको न्यू ज्ञान ज्योति बोडिङ स्कुलले अभिभावका लागि उद्घोषण तालिम प्रदान गरेको छ । स्कुलले आफ्नो अभिभावकको क्षमता विकासका लागि तालिम प्रदान गर्न लागेको प्रिन्सिपल दिपक भण्डारीले बताउनुभयो ।

आइतबारसम्म जारी रहने तालिममा उद्घोण सहित अभिभावकको क्षमता विकासलाई केन्द्रित गरि तालिम प्रदान गरिने प्रिन्सिपल भण्डारीले बताउनुभयो ।

IMG 20240209 WA0005

स्कुलमा गुणस्तरिय शिक्षा, प्रविधिमैत्री शिक्षालाई जोड दिँदै नयाँ व्यवस्थापनका साथ आफूहरु लागेको र विद्यार्थी सहित अभिभावकको समेत क्षमता विकास गर्ने योजना अनुसार तालिम राखिएको उहाँले बताउनुभयो । स्कुलले नयाँ कार्ययोजना निर्माण गरे अनुसर विद्यार्थीलाई अब्बल र सिप र प्रविधिमा दक्ष बनाउने साथै अभिभावकको समेत क्षमता विकास गर्ने सहति विभिन्न योजना अगाडी सारेको प्रिन्सिपल भण्डारलीले बताउनुभयो ।

IMG 20240209 WA0004

तालिमको अनवलोकनका क्रममा मध्यविन्दु नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामभक्त अधिकारीले विद्यार्थी सहित अभिभावकलाई समेत दक्ष बनाउने विद्यालयको योजना सराहनिय रहेको बताउनुभयो। विद्यार्थीलाई दक्ष बनाउन विद्यालयको जति योगदान रहन्छ अभिभावकको समेत उतिकै योगदान रहने हुँदा दक्ष र सहज रुपमा कुरागर्न सक्ने ,संवाद गर्न सक्ने अभिभावकले आफ्ना बालबालिकाको विकासमा समेत सहज रुपमा सहजिकरण गर्न सक्ने हुँदा तालिम प्रभावकारी हुने उहाँले बताउनुभयो ।

IMG 20240209 WA0001

कक्षा आठ सम्म अध्यापन हुने मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा रहेको न्यू ज्ञान  ज्योति बोडिङ स्कुलले विद्यार्थीको ज्ञान,सीप, व्यवहारिक ज्ञान, प्रविधिको सहज प्रयोग सहितका पाटोलाई मध्यनजर गरि अघि बढेको विद्यालयले जनाएको छ । कम्प्युटर शिक्षालाई समेत प्राथमिकतामा राखेर कक्षा संचालन गर्ने गरि व्यवस्थापन गरेको विद्यालयले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस