२०८१ बैशाख ३०, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरको स्वास्थ्य कार्यालय प्रमुखमा भट्टराईलाई जिम्मेवारी दिइयो

२०८० माघ २३, मंगलबार प्रकाशित ( महिना अघि) १००० पाठक संख्या

मध्यविन्दु । जनस्वास्थ्य कार्यालय नवलपुरमा अधिकृतको रुपमा काम गर्दै आउनुभएका मुक्तिनाथ भट्टराईलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।

IMG 20240206 WA0021

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार उहाँको नाउँमा कार्यालय प्रमुख तोकिएको भन्दै पत्र पठाएको छ । अर्को व्यवस्था नभएसम्मको लागि जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको कार्यालय प्रमुखको हैसियतले दैनिक, प्रशासनिक तथा आर्थिक लगायत सम्पूर्ण अधिकार प्रयोग गर्नेगरी कामकाज गर्न कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको हो ।

IMG 20240206 WA0027

आज कार्यालय प्रमुख भट्टराईलाई लेखा अधिकृत मित्रबन्धु पौडेल लगायतका कर्मचारीले स्वागत गरेका थिए । यसअघिका कार्यालय प्रमुख केशव प्रसाद चापागाईको बढुुवा भएपछि सिनियर कर्मचारी भएकाले भट्टराईलाई जिम्मेवारी दिईएको हो ।

IMG 20240206 WA0019

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%७%१%१%१%

प्रतिक्रिया दिनुहोस