२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गैंडाको आक्रमणबाट १ जना घाइते

२०८० माघ २३, मंगलबार प्रकाशित ( महिना अघि) १२४८ पाठक संख्या

देवचुली । नवलपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट देवचुली –  १० बस्ने ६० वर्षीय ठगिसरा सुनारी मगर घाइते भएकी हुन् ।

देवचुली – १० पृथ्वीनगर स्थित लोकाहा खोलाको किनारमा बाख्रा चराउने क्रममा सुनारीलाई गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घाईते सुनारीको बायाँ गाला, दायाँ खुट्टा र दुवै पाखुरामा चोट रहेको साथै देवचुली अस्पताल दलदलेमा उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको देवचुली वडा नम्बर १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिए ।

उक्त क्षेत्रमा पटकपटक गैंडाको आक्रमणबाट जनधनको क्षति हुनुका साथै बालीनालीमा समेत क्षति पुर्‍याएको घर्ती मगरले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%५%२%

प्रतिक्रिया दिनुहोस