२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा एउटा गोठमा आगलागी, ८० हजारको क्षति

२०८० माघ २३, मंगलबार प्रकाशित ( महिना अघि) ११६३ पाठक संख्या

कावासोती । नवलपुरको एउटा गोठमा आगलागी हुँदा ८० हजार क्षति भएको छ ।

देवचुली नगरपालिका–८, आँपटारी स्थित शिव कुमारी पाण्डेको घर नजिकैको गोठमा भएको आगलागीमा ८० हजार बराबरको क्षति भएको बताइन्छ ।

हिजो राती ९:३० बजेको समयमा लागेको आगलागीबाट कच्ची गाईको गोठ जलेर नष्ट भएको छ । आगलागिमा कुनै मानविय वा चौपाय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवम प्रहरी नायब उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार खाना बनाउने क्रममा आगलागि भएको अनुमान गरिएको छ  ।  प्रहरी, स्थानीय र दमकलको आधा घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%३%

प्रतिक्रिया दिनुहोस