२०८१ बैशाख ३०, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरका कृषिमन्त्रीको लोभलाग्दो गोलभेँडा खेती

२०८० माघ २२, सोमबार प्रकाशित ( महिना अघि) २३८८ पाठक संख्या

कावासोती । गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले राजनीतिसँगै अब्बल कृषकका रूपमा पनि आफूलाई परिचित गराउनुभएको छ । देवचुली नगरपालिका–१७ का मन्त्री जिसी यस वर्ष १० बिघामा गोलभेँडा, २० बिघामा धान खेती र १० बिघामा तरकारी खेती गरेर राम्रो आम्दानी लिन सफल हुनुभएको छ ।

अहिले २० बिघाभन्दा बढी जग्गामा गोलभेँडा र तरकारी लटरम्म फलेका छन् । यो लोभलाग्दो तरकारी खेतीले स्थानीयलाई समेत तरकारी र गोलभेँडा बाहिरभन्दा कम मूल्यमा बिक्री गरिएको र त्यसले स्थानीयसमेत खुसी भएको स्थानीय भोजेन्द्र रायमाझीले बताउनुभयो । यस वर्ष करोडभन्दा माथिको तरकारी बिक्री हुने मन्त्री जिसीकी श्रीमती ईशा जिसीले बताउनुभयो ।

२०३७ सालदेखि तत्कालीन रजहर गाउँपञ्चायतको प्रधानपञ्च हुँदा उहाँ २३ वर्षको हुनुहुन्थ्यो । ६४ वर्षीय जिसी राजनीति र कृषि दुवै क्षेत्रमा सफल भएको मानिन्छ । रजहरमा मात्रै उहाँको ४० बिघा जग्गा रहेको छ ।

मन्त्री जिसीको यो जग्गा उहाँको बुवाको पैतृक सम्पत्ति हो । बाँझो जग्गा रहन नदिन हरेक वर्ष कुुनै न कुुनै कृषि बालीको उत्पादन गरिरहने मन्त्री जिसीको कुनै पनि जग्गा खाली रहँदैन । मन्त्री जिसी भन्नुहुन्छ, “बुवाको पैतृक सम्पत्ति पाँच भाइको भए पनि भाइ विदेशमा भएपछि ती सबै जग्गा उपयोगमा आइरहेका छन् ।” अहिले गोलभेँडालगायतका तरकारी बजार पु¥याउने काम भइरहेको छ । मन्त्री अलिकति फुर्सद पाउनेबित्तिकै गाउँ गएर तरकारी बारीमा नै रमाउने गर्नुहुन्छ । तरकारी खेतीका लागि उर्वर भूमि रहेको देवचुली नगरपालिकामा सबैभन्दा बढी तरकारी उत्पादन नै मन्त्री जिसीको खेतबाट हुन्छ ।  यो समाचार आजको गोरखापत्रबाट साभार गरिएको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२०%४%१%२%३%

प्रतिक्रिया दिनुहोस