२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कुहिन थाले असी करोड मूल्यबराबरका काठ

२०८० माघ २१, आईतबार प्रकाशित ( महिना अघि) ६५६ पाठक संख्या

कावासोती । जिल्ला वन डिभिजनल कार्यालयले आफ्नो मातहतमा रहेका चार लाख क्युफिट काठ बिक्री गर्न नसक्दा करोडौँ मूल्य पर्ने सालका काठ कुहिन थालेका छन् ।

पूर्वी नवलपरासीमा करिब ४४ प्रतिशत वन क्षेत्र रहेको छ तर वनबाट कानुनी मान्यता प्राप्त गरी निस्कने काठ र काठ तस्करबाट बरामद गरिएका करोडौँ मूल्य पर्ने सालका काठ कुहिन थालेको डिभिजन वन कार्यालय कावासोतीका वन अधिकृत समीर लम्सालले बताउनुभयो ।

जिल्लाभरि ८० करोडभन्दा माथिको सालको चार लाख क्युफिट काठ जिल्लाका वन क्षेत्र र जिल्ला डिभिजन कार्यालय हाताभित्र लिलाम हुन नसकेर थन्किएर रहेका ती काठ कुहिएर जान थालेका छन् । अधिकृत लम्सालले पटक पटक टेन्डर निकालियो तर टेन्डर कसैले नलिँदा थान्काएर राखिएको काठ कुहिन थालेको बताउनुभयो ।

काठको नयाँ नीति आएपछि कुनै पनि ठेकेदारले टेन्डर प्रक्रियामा भाग नै लिन नसकिने अवस्था आएको जिल्ला काठ व्यवसायी सङ्घका पूर्वअध्यक्ष विश्वराज बगालेले बताउनुभयो । काठको नयाँ सूत्र अनुसार २७।०५ प्रतिशत प्रतिक्युफिटमा सूत्र बढेको छ, अर्थात् पहिले पाँच सय क्युफिट काठको वास्तविक तौल रहँदा अहिले सूत्र बढेर ७७५ क्युफिट पुगेको बगालेले बताउनुभयो ।

यो कुरा प्रदेशको वन नीतिमा नै समावेश भएकाले यसलाई संशोधन नगरेसम्म कसैले पनि काठ लिलामीमा सहभागी हुन नसक्ने उहाँले बताउनुभयो । चार लाखभन्दा बढी क्युफिट सालका करोडौँ मूल्य पर्ने काठ कुहिएर जान थालेको देवचुलीका काठ व्यवसायी सञ्जय गोविन्द श्रेष्ठले बताउनुभयो ।

जिल्लामा काटिएका तथा तस्करबाट समातिएका ८० करोड रुपियाँभन्दा बढीको काठ बिक्री गर्नका लागि जिल्ला डिभिजनल वन कार्यालयले लिलामी प्रक्रियामा जाँदा समेत लिलाम हुन नसकेको र अब तेस्रो पटक पुनः सूचना प्रकाशन गरिने वन अधिकृत लम्सालले बताउनुभयो ।

नवलपरासीपूर्वमा रहेका २०७ वटा सामुदायिक वनले हरेक वर्ष काठ काट्न कार्य योजना पेस गरे पनि वन नीति स्पष्ट नहुँदा सामुदायिक वनभित्रसमेत करोडौँका सालका काठ काट्न सकिने अवस्था नरहेको सापकोटाको भनाइ छ । #गोरखापत्र

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस