२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीको अध्यक्षमा नारायण पौडेल निर्वाचित

२०८० माघ २१, आईतबार प्रकाशित ( महिना अघि) २७९२ पाठक संख्या

कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा नारायण पौडेल बिजयी भएका छन् । शनिबार कुमारवर्ती माध्यमिक विद्यालयमा सम्पन्न संस्थाको अधिबेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

पौडेलले अर्का प्रत्याशी सरस्वती पन्थीलाई २०४ मतान्तरले पराजित गरे । पौडेलले ५२२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी सरस्वती पन्थीले ३१८ मत ल्याइन् । अध्यक्ष पदका अर्का प्रत्याशी कुम नारायण महतो थारुले १९० मत पाए ।

त्यस्तै उपाध्यक्षमा होम बहादुर थारु निर्वाचित भएका छन् । उनले ४२७ मत पाउँदा उनका प्रतिद्धन्दी प्रेमलाल थारूले ३१८ मत पाए । होम बहादुर पौडेलको प्यानलबाट चुनाव लडेका थिए । उपाध्यक्ष पदका अर्का प्रत्याशी खिमानन्द पुरिले १९३ मत पाए ।

सचिवमा पौडेलको प्यानलबाट वेद प्रसाद गुरौ निर्वाचित भएका छन् । उनले ५२६ मत पाउँदा उनका प्रतिद्धन्दी चित्रबहादुर जिसीले ४०४ मत पाए ।

त्यस्तै खुल्ला सदस्यमा पौडेलको प्यानलका तारादेवी बोहरा, कृष्णलाल चौधरी र झिनक बहादुर थारु निर्वाचित भएका छन् । महिला सदस्यमा पौडेलको प्यानलका तारा बगाले र  धनमाया महतो निर्वाचित भएका छन् ।

त्यस्तै लेखा संयोजकमा भने प्रत्याशी सरस्वती पन्थी प्यानलका मनोज पौडेल र लेखा सदस्यमा निम प्रसाद पाठक निर्वाचित भएका छन् । अर्को लेखा सदस्यमा पौडेल प्यानलका ओम प्रकाश पाठक निर्वाचित भएका हुन्। जम्मा १ हजार ५ सय ३८ मतदाता रहेको खानेपानीमा सनिवार  सम्पन्न निर्वाचनमा जम्मा १ हजार २ सय १९ मत खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१९%१४%५%२%४%

प्रतिक्रिया दिनुहोस